अमेरिकी सिक्रेट सर्भिसकी निर्देशकको पदबाट राजीनामा

कालिकोट । अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिएकी छिन्।आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गर्दै उनले राजनीनामा दिएकी हुन्।जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीबाटै दबाब परेको थियो। ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न शुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारीले उनीमाथि गोली चलाएका थिए।

 

error: Content is protected !!