कालिकोट । राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको ५९ वर्षको उमेरमा निधन भएको छ ।धनगढीस्थित आफ्नै घरमा बिहान अचानक बेहोस भएपछि अस्पताल पुर्याइएका खड्काको उपचारका क्रममा निधन भएको हो । उनलाई मस्तिष्काघात भएको पारिवारिक स्रोतले जनाएको छ ।