कालिकोट । अन्य प्रदेशको जस्तै वन रक्षकलाई तेस्रो पद कायम गरिनुपर्ने माग राख्दै कोशी प्रदेशका वन रक्षकहरू आन्दोलित बनेका छन् ।कोशी प्रदेशमा वन रक्षकलाई आधारभूत तहमा राखिएको छ । सङ्घीय निजामती सेवा ऐन, अन्य प्रदेशको निजामती सेवा ऐन तथा कोशी प्रदेशको स्थानीय तहको सेवा, सर्त र सुविधासम्बन्धी ऐनमा जस्तै चौथो तहमा पदपूर्ति गर्दा आन्तरिक प्रतियोगितात्मक परीक्षा र ज्येष्ठता तथा कार्यक्षमता मूल्याङ्कनबाट हुने बढुवाको समेत व्यवस्था गर्नुपर्ने उनीहरूको माग रहेको छ । कोशी प्रदेशमा अहिले बढुवाको व्यवस्था छैन ।