कालिकोट । जुम्लाको पातारासी–६ बाँताकी एक जना सुत्केरी महिलाको निश्सासिएर मृत्यु भएको छ। सुत्केरी भएको ११ ओैं दिनमा आगो बालेर सुतेको अवस्थामा निश्सासिएर उनको मृत्यु भएको हो।पातासारी–४ माइत भइ ६ मा विहे गरेर सदरमुकामस्थित कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निश्सासिएर गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते महतारालाई अस्पताल ल्याउँदा उपचारको क्रममा निधन भएको बताईएको छ ।