कालिकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली यात्रु बस दुर्घटनामा हराएकाहरुको खोजी गर्न १९७ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।आज प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले असार २८ गते त्रिशुलीमा भएको बस दुर्घटनामा हराएकाहरुको खोजी जारी रहेको बताएका हुन्।उनले खोजीमा नेपाली सेनाका १४ जना, नेपाल प्रहरीका ५६ जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जना गरी १९७ जना सुरक्षाकर्मीले खोजी गरिरहेको जानकारी दिएका छन्।५ जना भारतीय गोताखोर पनि परिचालन गरिएको उनले बताए। हराएका ६२ जनामध्ये हालसम्म २५ जनाको शव फेला परेको उनको भनाई छ। तीमध्ये १८ जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको जानकारी उनले दिएका हुन्।