साउनको पहिलो सोमबार आज , शिवालयमा पूजा(आराधना गर्नेको घुइँचो

कालिकोट । आज साउन महिनाको पहिलो सोमबार।साउनको सोमबार भगवान् शिवको विशेष पूजा(आराधना गर्ने परम्परा रहेको छ। नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेको धनेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ। पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ।

 

error: Content is protected !!