कालिकोट । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच आज प्रश्नोत्तर हुने भएको छ। दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्।प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था रहेको छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन्।