कालिकोट । गत आर्थिक वर्ष २०८० । ८१ मा बैतडीका सरकारी कार्यालयको रु ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ ।सङ्घ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट रु ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिएका छन् ।सङ्घीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ रु पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ बजेट आएको थियो । उक्त बजेटमध्ये रु पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ खर्च भएको छ ।