सर्पको टोकाइबाट गम्भीर बिरामीको हेलिकप्टर द्धारा उद्धार

कालिकोट । सर्पको टोकाइबाट गम्भीर बिरामी परेका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकप्टर द्धारा उद्धार भएको छ । हिजो आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर बिरामी परेका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको हो । जिल्ला अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष एन्टी स्नेक भेनम नहुँदा जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिनुभयो ।

error: Content is protected !!