कालिकोट । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा विद्यार्थीहरूको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। आज नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनले त्यहाँको विद्यार्थी आन्दोलनलाई ऐक्यबद्धता देखाउँदै र हत्याको विरोधमा माइतीघरमा प्रदर्शन गरेको हो।बंगलादेशमा हिंसा भड्किएपछि हाल देशभर कर्फ्यु लगाइएको छ। सन् १९७१ को स्वतन्त्रता संग्रामको स्वतन्त्रता सेनानी परिवारका सदस्यलाई सरकारी जागिरमा दिइँदै आएको आरक्षणविरुद्ध चर्किएको आन्दोलन हिंस्रक बन्दै गएपछि प्रदर्शनमा ३५ जनको मृत्यु भइसकेको बिबिसीले जनाएको छ।