कालिकोट । माल्दिभ्समा जारी २० वर्ष मुनिको काभा महिला भलिबल प्रतियोगितामा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ।मालेमा गएराति भएको खेलमा नेपाल किर्गीस्तानसँग ३(० को सोझो सेटमा पराजित भएको हो। किर्गिस्तानसँग नेपाल २७(२५, २५(२३ र २५(१७ को सेटमा पराजित भयो । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज दिउँसो ४ बजे घरेलु टोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ।