कालिकोट । गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङमा दरको आतंकले किसानलाई मकै जोगाउनै धौ भएको छ । सोही गाउँपालिकाका सुदिप खनालले ४० भारी मकै हुने बारीबाट एउटै घोगो पनि भित्र्याउन पाएनन् । एक छेउमा श्रीमान् र अर्को छेउमा श्रीमती ‘फूल टाइम ड्युटी’ गर्दा पनि बाँदरले सखाप बनायो ।गएको हिउँदमा न आलु भित्र्याए न मुसुरो । ‘२ क्विन्टल आलु हुन्थ्यो । १ मुरी मुसुरो हुने ठाउँमा एक पाथी पनि थन्क्याउन पाइनँ,’ उनले भने ‘मुसुरो हेरे आलु सखाप हुन्छ, आलु हेरे मुसुरो सकिन्छ । बाँदरले थलै पारिसक्यो ।’ उनका केही छिमेकीले खेती नै गर्न छोडिसके ।सुदीपले चाहिँ जसोतसो गरिरहेका छन् । तर बाँदर धपाउने उपाय नभए अब खेती नगर्ने सोचमा पुगेका छन्, उनी पनि । ‘हातले हानेर त मान्दै मानेन । अलि अस्ति नै बन्दुक ल्याएर पनि पड्काइयो । त्यो पड्किने मात्रै रहेछ भनेर बाँदरले थाहा पायो होला, टेर्न छोड्यो,’ उनले भने, ‘यही अवस्था हो भने घरछेउकै बारी पनि बाझिन्छ । महिलालाई त उल्टै झम्टिन्छ । बाँदरले साह्रै सतायो ।’त्यहाँ ६७५ घरधुरी किसान छन् । बाँदरले मकै, काँक्रो, बोडी, आलु, मुसुरो लगायत उब्जनी सखाप बनाएको छ । करिब १ हजार रोपनी खेतीयोग्य जमिन भएपनि बाँदरका कारण किसानले खेती गर्नै छोडिसकेका छन् । अर्का किसान खेमबहादुर थापा बाँदरको आक्रमणले जीउज्यानकै खतरा रहेको बताउँछन् ।
‘