कालिकोट । वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन भएको छ । उहाँको ९२ वर्षको उमेरमा विहिबार निधन भएको बताईएको छ ।स्वदेशमा मात्र नभई विश्व पर्यटन बजारमा प्रसिद्ध बुटिक होटल द्वारिकाजलाई सामान्य छाप्रोबाट पाँच तारे स्तरको बनाउनमा संस्थापक श्रेष्ठले ठूलो योगदान पुर्याउनुभएको थियो ।‘उहाँ नेपालका लागि सच्चा स्वयंसेवक हुनुहुन्थ्यो, पर्यटनमा मात्रै नभइ सामाजिक काममा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रुपमा सफल एवम् सुविधा सम्पन्न तारे होटल तथा रिसोर्ट सञ्चालन गर्दै आउनुभएकी श्रेष्ठले प्रारम्भ गर्नुभएको महिला उद्यमशीलताको विकास स्वदेशमा मात्र नभई विदेशमा चर्चामा छ । उहाँ र उहाँको परिवारबाट सञ्चालित हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय छ ।नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्नुहुने स्व श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियान्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताउनुभयो ।