कालिकोट । प्रतिनिधिसभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्यरप्रमुख सचेतकबीचको छलफलपछि साउन ७ प्रश्नोत्तर गर्नेगरी सहमति भएको हो।नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले ७ गते प्रश्नोत्तर गर्नेगरी प्रतिनिधिसभाको दुई साताको कार्यतालिका तय भएको जानकारी दिए। सचिवालयले तयार पारेको मसौदा क्यालेण्डलाई शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकले अन्तिम रूप दिने छ ।प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ।
।