कालिकोट । गाजा शहरमा विस्थापितहरूको आवासको गेटमा भएको इजराइली बमबारीमा कम्तीमा नौ प्यालेष्टिनीको मृत्यु भएको छ। कैयौँ घाइते भएको प्यालेष्टिनी सुरक्षा र चिकित्सा स्रोतले जनाएका छन्।इजराइली विमानले दर्जनौँ विस्थापित परिवारहरू बस्ने गाजा शहरको अल–रिमाल छिमेकमा रहेको विद्यालयको गेटमा मिसाइल प्रहार गरेको प्यालेष्टिनी सुरक्षा स्रोतले बताएको छ। मन्त्रालयले इजराइली सेनाले केही जेनेरेटरहरू ध्वस्त बनाएको र प्रत्यक्ष बमबारी गरेको बताएको छ।इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामा हमासको आक्रमणको बदला लिन गाजापट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको थियो । यसमा लगभग एक हजार २०० मानिस मारिएका थिए भने २५० जनालाई बन्धक बनाइएको थियो।