कर्णाली देउडा दिवस २०८१ भव्य रुपमा मनाइयो ।

कालिकोट । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा कर्णाली देउडा दिवस २०८१ भव्य रुपमा मनाइएको छ । “श्रष्टाको सम्मान,कला संस्कृतिको संरक्षण अभियान” भन्ने मुलनाराका साथ मंगलबार कर्णाली देउडा प्रतिष्ठान एवं कला संस्कृति संरक्षण प्रतिष्ठान विरेन्द्रनगर सुर्खेतको आयोजना,उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको आर्थिक सहयोग तथा कर्णाली लोक संस्कृति जागरण मञ्च सुर्खेतको समन्वयमा सुर्खेतको घण्टा घरमा देउडा दिवस कार्यक्रम संचालन गरीएको थियो ।

कर्णाली देउडा दिवस कार्यक्रमको अवसरमा बोल्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माननिय दुर्ग बहादुर रावत(उज्ज्वल)ले हाम्रो कला संस्कृति र भेस–भूसा परम्परा हराउदै गइरहेकाले यसलाई सवै मिलेर संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । त्यसै अनुरुप नै कर्णाली प्रदेश सरकारले साउन १ गते देउडा पर्व मनाउन विदा समेत दिने गरेको प्रष्ट पार्नु भयो । उहाँले कर्णालीको संस्कृति बचाइ राख्नको लागी प्रदेश सरकारले गरेको सहयोग आगामी दिनका पनि रहीरहने बताउनु भयो । देउडा पर्व मनाउनका लागि प्रदेश सरकारले साउन १ गतेलाई सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । प्रत्येक महिनाको १ गते र १५ गते कर्णाली प्रदेशका पहाडी जिल्लाका देउडा प्रेमीले प्रदेश राजधानी आएर देउडा खेल्ने गरेका छन् ।

देउडा दिवसको अवसरमा हुम्ला,जुम्ला,मुगु कालिकोट, दैलेख अछाम, जाजरकोट लगाएतका अन्य जिल्लाहरु बाट पनि थुप्रै देउडा श्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कर्णालीको पहिचान र लोक संस्कृति झल्कीने देउडा, हुड्केनाच लगाएतका प्रस्तुतिहरु प्रस्तुत गरीएका थिए । कार्यक्रममा कर्णालीको कला र संस्कृतिलाई अगाडी बढाउन महत्वपुर्ण भुमीका खेल्ने थुप्रै ब्यक्तिहरुलाई सम्मान समेत गरीएको छ ।

error: Content is protected !!