नेकपा कालिकोट द्वारा डेढ बिघा जमिनमा धान रोपाइँ सुरु ।

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले धान रोपाइँ सुरु गरेको छ । मंगलबार जिल्लाको रास्कोट नगरपालिका– ८ भात्डिमा रहेको करीब डेढ बिघा जमिनमा धान रोपाइँ सुरु गरेको हो । धान रोपाइँ उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज विवेक सि, जिल्ला सेक्रेटरी बलवान सि, केन्द्रीय प्रतिनिधि समिति सदस्य समग्र सि, पल सि, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेस ईन्चार्ज निमेश सि, लगाएत पार्टी निकट जवस,मोर्चाका नेता–कार्यकर्ताहरु सहित करिव २५ जना नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । उत्पादन र आत्मनिर्भर पार्टीको उद्देश्यसहित धान रोपाइँ सुरु गरिएको नेकपा कालिकोटले जनाएको छ । धान रोपाइको कार्यक्रमको उद्घाटन गर्दै नेकपा कालिकोटका ईन्चार्ज विवेक सी ले देशको पछिल्लो बदलिँदो परिस्थितिले देश अझै पछि धकलिएको भन्दै पार्टीले लिएको श्रम नितिले हजारौं युवाहरुले देश मै केही गर्नु पर्छ भन्ने आँट लिएर सहभागी भएको बताए ।

error: Content is protected !!