कालिकोट । भारतले जिम्वावेसँगको टी–२० श्रृङखलामा एक खेल अगावै जितेको छ । हरारेमा हिजो भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो ।जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले १५ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाई भेट्टायो । उसका यशस्वी जैसवाल ५३ बलमा ९३ रन र शुभमन गिल ३९ बलमा ५८ रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्वावेले सात विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो ।