बागलुङमा पाइप बगाएपछि खानेपानीको समस्या भोग्दै नागरिक

कालिकोट । बागलुङमा पाइप बगाएपछि त्यहाँका नागरिकहरु खानेपानीको समस्या भोग्दै आएका छन् ।बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ। आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित रहेका छन्।खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैनउपभोक्ता कमल खड्काका अनुसार बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भुदीखोला मुहान, रेश खोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको भए पनि असार २६ गते खहरेखोलामा आएको बाढीले भुदीखोलाबाट आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको झनै समस्या भएको छ।

error: Content is protected !!