कालिकोट । अमेरिकी राष्ट्रपति जो बाइडेनले मानसिक स्वास्थ्यको चिन्ता सम्बोधनका लागि चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षण गर्न तयार रहेको बताउनुभएको छ। आफ्नै पार्टीका नेताहरुले आउँदो चुनावको उम्मेदवारीलाई लिएर गरिरहेको चिन्ताकाबीच उहाँले न्यूरोलोजिकल परीक्षण गर्न तयार रहेको बताउनुभएको समाचार संस्था एएनआइले जनाएको छ ।राष्ट्रपति पदको अर्को कार्यकालका लागि उम्मेदवार रहेका बाइडेनको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै चिन्ता व्यक्त भइरहेको छ। बाइडेनले आफू राष्ट्रपति कार्यालयमा रहँदा तीन पटक मस्तिष्क स्वास्थ्य जाँच गरेको सबै नतिजा सकरात्मक रहेका पनि बताउनुभएको छ ।