कालिकोट । रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा दुई जनाको ज्यान गएको छ ।रौतहटको गढीमाई नगरपालिका–६ सिङगारमनको भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको जीप नहरमा पल्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरूमा काठमाण्डौ घर भएका ५५ वर्षका कुलबहादुर श्रेष्ठ, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका रविन्द्र पण्डितकी छोरी ७ वर्षीया श्वेता रहेका उहाँले जानकारी दिनुभयो ।