कालिकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ।

कालिकोट । कालिकोट जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला पुर्णखोप समन्वय समिति र स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना, समन्वय प्रमुख धनजित बहादुर शाही(आर्दश)को सभाअध्यक्षता तथा जिल्ला स्थित सवै स्थानिय तहका जनप्रतिनिधि,राजनितिक दल,सरोकारवाला,स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा.संकेत बिश्वकर्माकर्मचारी, स्वास्थ्य कर्मी, पत्रकार,नागरीक समाज लगाएतको उपस्थितीमा कालिकोट जिल्लालाई बिहिवार कर्णाली प्रदेशकै पहिलो जिल्लाको रूपमा पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा गरिएको बताइएको छ । १६ देखी ५९ महीना सम्मका बालवालीकाले सवै खोप पाएको सुनिश्चीतता गरी कसेपछी वडा तहदेखी प्रमाणीकरण गर्दै स्थानिय तह हुदै जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । उनका अनुसार यस अघि नौ वटै स्थानिय तहहरुलाई पूर्ण खोप दिगोपन सुनिश्चितता गरीसके पछी जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्लाभन्दा पहिला वडा र गाउँपालिकाहरू पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्नुपर्ने व्यवस्था रहेको छ । प्रदेश पुर्णखोप समन्वय समिति कर्णाली प्रदेश सुर्खेतद्धारा जिल्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरणको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिलाई प्रदान गरेपछी आर्थिक बर्ष २०८०।८१को लागी कालिकोट जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । पूर्ण खोप सुनिश्चितताका तथा दिगोपना घोषणा लागि विभिन्न रणनीतिक योजनाहरू निर्माण गरिएको छ । प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, सर्वेक्षण प्रतिवेदनको समीक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अद्यावधिक र छुट बच्चाहरूलाई खोप प्रदान गरिने गरेको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनुभयो । लक्ष्य अनुसार प्रगति हासिल गर्न, रोग नियन्त्रण, निवारण र उन्मुलनको लक्ष्य प्राप्ति गर्न र दिगोपनाको लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने पूर्ण खोप जिल्ला समन्वय समितिका संयोजक जिल्ला समन्वय प्रमुख धनजित बहादुर शाहीले बताउनु भएको छ ।

error: Content is protected !!