कालिकोट । अमेरिकामा गरिएको एउटा नयाँ अनुसन्धानले किशोरीहरूमा कम उमेरमै महिनावारी शुरु हुन थालेको देखाएको छ । एक शताब्दीअघिका अमेरिकी किशोरीहरूसँग तुलना गर्दा अहिलेका किशोरीहरूमा झन्डै ४ वर्ष चाँडै महिनावारी शुरु हुने गरेको देखिएको अनुसन्धान प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।प्रतिवेदनअनुसार सन् १९५० देखि १९६९ मा जन्मिएका किशोरीहरूमा औसततमा साढे १२ वर्षको उमेरमा महिनावारी शुरु हुने गरेकोमा सन् २००० को दशकमा जन्मिएका किशोरीहरूमा औसतमा ११ वर्ष १० महिनामै महिनावारी शुरु भएको पाइएको छ । पहिलो पटक महिनावारी भएपछि बालिकाहरूको स्तनको विकास हुने र किशोरावस्थामा देखिने परिवर्तन चाँडो चाँडो देखा पर्ने प्रतिवेदनमा उल्लेख छ ।केही वर्षअघि दक्षिण कोरियामा गरिएको अनुसन्धानले पनि बालिकाहरू समयअघि नै किशोरावस्थामा पुग्ने गरेका देखाएको थियो ।