कालिकोट । चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ।चीनको भन्सार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्धस्वायत्त हङकङबाट सीमावर्ती सहर शेन्जेनतर्फ जान खोज्दा भन्सार अधिकारीहरूले ती व्यक्तिलाई रोकेका थिए।”अधिकारीले १०४ खस्रो सरीसृपहरू जफत गरेका छन्। जफत गरिएका सर्वमध्ये दूध सर्प, मकै सर्प र अन्य विदेशी प्रजातिहरू थिए।