कालिकोट । लुम्बिनी प्रदेशमा कृषि भूमि तथा व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री अहिरले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा बुझाएका हुन् ।जसपाले कांग्रेस–एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताए ।