कालिकोट । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दल र स्वतन्त्र सांसदसँग अपिल गर्ने भएको छ।बुधबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पक्षमा मत माग्ने निर्णय गरेको हो।नेपाली कांग्रेससँग समीकरणको समझदारी भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसका कारण प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्।स्पष्ट अल्पमतमा परेपछि नयाँ समीकरणमा जोडिएका कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर प्रधानमन्त्री प्रचण्ड भने संसदमा विश्वासको मत लिने तयारीमा छन्।
‘