कालिकोट । रुपन्देहीको जानकीनगरमा बसको ठक्करबाट घाइते भएका आमाछोराको उपचारको क्रममा मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गुल्मीदरबार गाउँपालिका–६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो। उनीहरु तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगरमा बस्दै आएका थिए।आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।