कालिकोट । गत शुक्रवारदेखि बन्द राजमार्ग आज अपराह्नदेखि एकतर्फी खुला भएको हो।जिल्लाको शुभकालिका गाउँपालिका–१ मा गगनेखोलामा पहिरो पन्छाएपछि आज सडक एकतर्फी खुला भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ।राजमार्गको पहिरो पन्छाएपछि एकतर्फी रुपमा सवारी साधनका निम्ति खुला गरिएको उक्त कार्यालयका प्रमुख चेतनकुमार मण्डलले बताएका छन्।