एमालेको सचिवालय बैठक बस्दै

कालिकोट । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।उनका अनुसार सचिवालय बैठकमा पछिल्लो राजनीतिक परिघटना, पार्टी कामको व्यवस्थापन र सरकार लगायत विषयमा छलफल हुने भएको छ। विशेषगरी असार १७ गते राति नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा भएको समझदारीबारे बैठकमा छलफल हुनेछ।

 

error: Content is protected !!