सहकारीका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले दियो सुझाव

कालिकोट । समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले सुझाव दिएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको हिजोको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताउनुभएको हो ।गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गर्नुभएको थियो । उहाँले पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा पाँच लाखसम्म र तेस्रो चरणमा पाँच लाख रुपैयाँभन्दा धेरै बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिनुभयो ।

 

error: Content is protected !!