आज प्रतिनिधिसभाको बैठक बस्ने

कालिकोट । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको बताईएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८०’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।साथै लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको छ।

error: Content is protected !!