८०वटा खानी खोजी गर्न भूगर्भ विभागको अनुमति

कालिकोट । देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजीका लागि खानी तथा भूगर्भ विभागले अनुमति दिएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिएका छन्।विभागले आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ। चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताएका हुन्।साथै दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म ९५१ मिटर ‘ड्रिलिङ’ कार्य सम्पन्न भइसकेको छ ।विभागले चालू आवमा देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ ।

error: Content is protected !!