कालिकोट । निरन्तरको वर्षाका कारण ३ दिन देखी अबरुद्ध भएको कर्णाली राजमार्ग अझै सुचारु हुन सकेका छैन् । कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने शुभकालिका गाउँपालिका–१ एस मोड नजिकै ठुलो पहिरो खसेका कारण आज पनि राजमार्ग अबरुद्ध नै रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी पोषण थापाले बताए । उनका अनुसार अहीले तिन वटा मेसीन प्रयोग गरेर पहिरो हटाउने कार्य भइहरेको जानकारी दिएका छन् ।