भारतमा अविरल वर्षासँगैको बाढीका कारण २३ लाख मानिस प्रभावित

कालिकोट ।भारतको आसाममा अविरल वर्षासँगैको बाढीका कारण २३ लाख मानिस प्रभावित भएका छन्। बाढीका कारण २९ जिल्लाका ९८ गाउँ डुबानमा परेको स्थानीय अधिकारीहरूले जनाएका छन्।मिसमरी चार, बोरोचर, इगराची चार, बोगमारी, हातीपोरी, अल्गा चार, हटियाला चा, चतियारा, डेका चार, वार चार क्षेत्रका बाढीले सबै सडक डुबानमा परेपछि स्थानीयवासी मारमा परेका छन्।आसामका जलस्रोतमन्त्री पिजुस हजारिकाले आइतबार दराङ जिल्लाका बाढी प्रभावित क्षेत्रको भ्रमण गरी अवस्थाको जानकारी लिए।

error: Content is protected !!