सुदूरपश्चिमका ५ जिल्लामा सडक अवरुद्ध ।

कालिकोट । निरन्तरको भारी वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् । दार्चुलाको मालिकार्जुन नगरपालिका वडा नं २ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिकावडा नं ६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे–मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका वडा नं १३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर–जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

error: Content is protected !!