कालिकोट । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि हुने बताएका छन्।आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रमुख सचेतक लेखकले ठगी गर्नेहरूलाई संरक्षण गर्न सरकारका मुख्य निकाय खटाएर दुरुपयोग गरिएको बताए। उनले ठगी गर्ने मानिसलाई संरक्षण गर्न शक्तिशाली निकायको प्रयोग गरिएको बताएका छन्। उनले सरकारको बारेमा कुरा गर्दागर्दै अर्को सरकार बन्ने स्थिति देखापरेको बताएका हुन्।