कालिकोट । हनुमन्ते खोला र टिकाथली आसपास क्षेत्रका साना खोला बढेर घरमा पसेको छ। १४ घण्टादेखिको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्न थालेको छ।भारी वर्षाका कारण तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो।