कालिकोट । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत लिएका छन्।शनिबार बसेको प्रदेशसभाको बैठकमा उपस्थित १०१ सांसदमध्ये उनको पक्षमा ६७ मत परेको हो। सभामुख रामचन्द्र मण्डलले विपक्षमा ३४ मत खसेको र पक्षमै बहुमत भएकाले मुख्यमन्त्री सिंहले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन्।कुल १०७ सदस्य रहेको मधेश प्रदेशसभामा केन्द्रमा बनेको सत्ता समीकरणमा रहेका नेकपा एमालेका २५, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३ र लोसपाका ९ सांसद रहेका छन्।विपक्षी बनेका जनता समाजवादी पार्टीका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका सात, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एकजना प्रदेशसभा सदस्य रहेका छन्।