लगातारको वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्व ।

कालिकोट । लगातारको वर्षा संगै आएको पहिरोले कर्णाली राजमार्ग विभिन्न ठाँउमा अवरुद्ध भएको छ । पहिरोले दैलेख र कालिकोटको सीमानामा पर्ने गगने खोला र खाँडाचक्र नगरपालिकाको गल्ली लगाएको ठाउँमा पनि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी पोषण थापाले बताएका छन् । अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएका छन भने यात्रुलाई सास्ती भएको छ । उनका अनुसार अहिले पनि गगनेखोलामा ठूला ढुङगा खसी रहेकोले राजमार्ग खुलाउन नसकिएको तथा गल्लीमा मेसीन लगाएर पहीरो पन्छाउने काम भइरहेको बताइएको छ । बिहानैबाट पहीरो पन्छाउने काम भईरहेको र सडक खुल्न अझै समय लाग्ने सुचना अधिकारी थापाले जानकारी दिएका छन् ।

error: Content is protected !!