कालिकोट । इकोहिमाल नेपालको सहयोगमा कृषकहरु लाई १८ हजार फलफुलका बिरुवा वितरण गरीएको छ । जिल्लाको महाबै गाउँपालिकामा ११ हजार ४ सय ७४ र खाँडाचक्र नगरपालिकामा ७ हजार ४ सय २५ गरी जम्मा १८ हजार ८ सय ९९ फलफुलका बिरुवा बितरण गरेको कार्यक्रम संयोजक जयकर्ण बुढाले बताए । फलफुलका बिरुवाहरुमा आँप, सुन्तला, कागती, टिमुर, अंगुर, अम्वा, कफी लगायतका बिरुवाहरु बितरण गरिएका छन् । इकोहिमाल नेपालको जलबायु अनुकुलनका लागी कृषि बन प्रर्वधन कार्यक्रम अन्र्तगत जिल्लाको खाँडाचक्र नगरपालिका–३ र महाबै गाउँपालिका–७ मा कृषि बन स्रोत केन्द्र स्थापना गरेर संस्थाले कृषकहरुलाई प्राविधिक सहित बिरुवा र कृषि सामाग्रीहरु उपलब्ध गराएको छ । उक्त स्रोत केन्द्रहरुमा फलफुल, मसला, घाँस तथा तरकारीको बिरुवा उत्पादन तथा वितरण हुने गरेको छ भने हाल स्रोत केन्द्रमा ओखर, टिमुर,स्याउ आदीका बिरुवाहरु रहेका छन् । संस्थाले फलफुल खेति प्रवद्र्धन गर्न र पर्यावरणीय सन्तुलनको लागि हिउदे तथा बर्खे बिरुवा वितरण गर्ने गरेको संयोजक बुढा बताउछन् । संस्थाले गत वर्ष पनि वर्खामा ३ हजार ९ सय २० वटा टिमुर,कागती र अंगुरको बिरुवा तथा हिँउदमा १३ हजार २ सय ४२ वटा स्याउ र ओखरका बिरुवा वितरण गरेको थियो ।