कल्भर्ट भत्किँदा जुम्लामा एकजनाको ज्यान गयो

कालिकोट । पातारासी गाउँपालिका(१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्।पातारासी(१ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिएका छन्। पातारासी(१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाइते भएक हुन्। घाइते तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको वताइएको छ।

error: Content is protected !!