कालिकोट । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१र०८२ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । आज बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री महेन्द्र केसीले जवाफ दिएका थिए ।आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ ।जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९।७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४।१२ प्रतिशत बजेट ल्याइएको छ । वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ ।सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ । चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो ।





