तत्काल नयाँ सत्ता समीकरणबाट खुसी भइहाल्ने अवस्था नभएको शेखर कोइरालाको भनाई

कालिकोट । नेपाली काँग्रेसका नेता डा . शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिइनसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताएका हुन्। उनले संविधानलाई सबैले मान्नुपर्ने बताएका छन्।उनले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए। उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नुभन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए।

 

error: Content is protected !!