कालिकोट । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–४ स्थित इलेक्ट्रो हाइड्रोपावर कम्पनीको डि–सेन्टरमा स्ल्याब ढलान गर्ने क्रममा ढलान भत्किएर पुरिएका कामदारहरूको सकुशल उद्धार गरिएको छ।पुरिएकामध्ये १० जनाको तीनवटै सुरक्षा निकायको प्रयासमा उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।