धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु

 

कालिकोट । धनुषामा पोखरीमा डुबेर आज तीन बालिकाको मृत्यु भएको छ। धनौजी गाउँपालिका–५ बहुअर्वामा सार्वजनिक पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो।दिउँसो पोखरीमा नुहाउने क्रममा करिब १०–१२ वर्ष उमेर समूहका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी दिए। मृत्यु हुनेमा बहुअर्वाका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन बालिकाहरु पोखरीमा डुबेको देखेपछि स्थानीयको बचाउने प्रयास असफल भएको हो।

error: Content is protected !!