आफ्नो दरबन्दी यकिन गर्न माग गर्दै कृषि मन्त्रालयका कर्मचारी धर्नामा

कालिकोट । कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । अधिकृतस्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिएका हुन् ।२०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि सङ्घमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रूपमा लोक सेवा आयोगमार्फत विज्ञापन नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ ।कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि अधिकृत माधव पौडेलले बताउनुभयो ।

error: Content is protected !!