कालिकोट । नेकपा ( एकीकृत समाजवादी)का निःवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्। बिहीबार महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निःवर्तमान महासचिव भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए। उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए। पार्टीको नेतृत्व सर्वसहम्मतिमा टुंग्याउने प्रयास भइरहेको बताएका हुन्।





