राष्ट्रपति पौडेलबाट एमालेका मन्त्रीहरूको राजीनामा स्वीकृत

कालिकोट । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुको राजीनामा स्वीकृत गरेका छन्। बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेका ८ जना मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका थिए। राष्ट्रपति पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उनीहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्। यसै बिचअर्को सत्ता साझेदार दल अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन्। नयाँ सत्ता समीकरणका लागि कांग्रेस र एमालेबीच भएको सहमतिलाई समर्थन गर्दै वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्री फिर्ता बोलाउने तयारी भएको हो।

 

error: Content is protected !!