कालिकोट । राष्ट्रिय सहकारी बैंकका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती रहेका छन्। आइडियल यमुना हाम्रो सहकारीका समेत अध्यक्ष रहेका उनी आठ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा हिजो काठमाडौंको बालाजुबाट पक्राउ परेका हुन्।उप्रेतीविरुद्ध यमुनाको ३० हजारभन्दा बढी बचतकर्ताको बचत हिनामिना गरेको आरोप रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।





