कालिकोट । बेलायतमा आज आम निर्वाचन हुँदै छ।आम निर्वाचनमा प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। निर्वाचनअघि गरिएको सर्वेक्षणमा लेबर पार्टीले बहुमत ल्याउने दाबी गरिएको छ।बेलायतको यस निर्वाचनमा स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान केन्द्रमा मतदान गर्न पाउनेछन्। बेलायत, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड र वेल्स लगायत युनाइटेड किंगडमका सबै भागहरूमा हुने भएका छन्।प्रधानमन्त्री सुनकले गत मे २२ मा जुलाई ४ लाई आम निर्वाचनको मिति घोषणा गरेका थिए। त्यसको आठ दिनपछि मे ३० गते संसद् विघटन गरिएको थियो ।यो आम निर्वाचनमा बेलायतको हरेक भागमा १८ वर्ष र सोभन्दा माथिका मानिसहरूले आफ्नो सांसद चयन गर्न मतदान गर्नेछन् । यो मतदान कुल ६५० संसदीय सीटहरूको लागि हुनेछ।





